
पार्टी केन्द्रीय समिति बैठक बस्नुअघि कांग्रेस नेता शेखर कोइरालासँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरेका छन्।
शुक्रबार बिहान देउवालाई भेट्न शेखर कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। दुई नेताबीच केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल भएको बताइएको छ।
शुक्रबार बालुवाटारमा देउवा र शेखरबीच कुराकानी हुदै गर्दा अर्का नेता रामचन्द्र पौडेलले आफ्नो निवासमा नेताहरूको बोलाई भेला गराएका छन्।
देउवाले हालै गरेको नेविसंघ र तरूण दलका अध्यक्ष नियुक्तिमा शेखर समूहले असन्तुष्टि जनाउँदै आएको छ।
