
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाविरुद्ध नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नाराबाजी भएको छ।
कांग्रेस नेता शेखर कोइराला समूहका नेविसंघ र तरुण दलका कार्यकर्ताले सभापति देउवाविरुद्ध कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नाराबाजी गरेका हुन् ।
नेपाली विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयप्रति उनीहरुले असन्तुष्ट जनाएका छन्। सभापति देउवाले दुई दिनअघि नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका थिए।
प्रदर्शनकारीहरुले देउवा प्रवृत्ति बन्द गर, विधान सम्वत पूर्ण समिति घोषणा गर, एकलौटीपन बन्द गर, नालायक सभापति मुर्दावाद, प्रहरी हस्तक्षप बन्द गरु हेक्का रहोस् नेपाली कांग्रेस पार्टी शेर बहादुर देउवाको होइन, जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको नियमअनुसार भातृ संगठनको तदर्थ समिति गठन गर्दा सल्लाह नै नगरेकोको उनीहरुको आरोप छ। अब केही बेरमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।
