मुद्दाको छिनोफानो नहुँदासम्मका लागि शाहलाई थुनामा पठाउने आदेश

१० चैत्र २०७८, बिहीबार १९:५५

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ । जिल्ला अदालत तनहुँले नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहलाई थुनामा पठाउने आदेश दिइएको हो ।

विहीबार थुनछेक बहस सकिएपछि शाहलाई मुद्दाको छिनोफानो नहुँदासम्मका लागि न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासले थुनामा पठाउने आदेश दिएको कानून ब्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

प्रतिवादीद्वय शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरुले गरेको बहश विहीबार सकिएपछि अदालतले फैसला गरेको हो ।

एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

शाहविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा पनि तिनै नाबालिगको उजुरीका आधारमा बलात्कारको मुद्दा दायर भएको छ । त्यहाँ भने मुद्दाको सुनुवाइ हुन बाँकी छ ।