अभिनेत्री करिश्मा मानन्धरले एमालेमा प्रवेश गर्दै किन यस्तो भनिन् ?

८ चैत्र २०७८, मंगलवार १५:५०

काठमाडौंको कार्की ब्याङ्क्वेटमा आज एक कार्यक्रमका साथ पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेका छन्।

अभिनेत्री करिश्मा मानन्धर तत्कालिन बाबुराम नेतृत्वको नयाँँ शक्ति पार्टीबाट राजनीतिक करियर सुरू गरेकी थिइन् । मानन्धरले नयाँ शक्ति पार्टी छाडेपछि मानन्धर राजनीतिमा निष्क्रिय थिइन् । अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंहलाई आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन्।

मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् ।