
प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक–पटक गरेको छलफलले (लोसपा)का नेताहरु सरकारमा सहभागी हुनका लागि सकारात्मक भएका छन् ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल वर्तमान सरकारमा सहभागी हुन सकारात्मक भएको हो । लोसपाले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउन प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री देउवा मन्त्रीपरिषद् हेरफेर गर्ने तयारी गरिरहँदा लोसपा बोलाएर पनि छलफल गरेका छन् । रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली छन् । लोसपा आउन चाहे ती मन्त्रालय दिएर सहभागी गराउन सकिने काँग्रेसका नेताले बताए । काँग्रेसका ती नेताले भने, ‘लोसपा सरकारमा आउन सकारात्मक भएको छ, तर स्थानीय तहको चुनावअघि नै सहभागी गराउन भनिरहेको छ, हेरौं के हुन्छ ।’
तर, लोसपाका एक कार्यकारिणी सदस्यले स्थानीय तहको चुनावअघि सरकारमा सहभागी गराए मात्र सहभागी हुने स्थानीय तहको चुनावपछि अवस्था त्यति अनुकुल नरहने भएकाले आफूहरु त्यसमा सहभागी नहुने बताए ।
