स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले)का लागि सबैभन्दा कमजोर जनाधार क्षेत्र मानिने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा एमाले प्रवेश गर्नेहरुको संख्या बढेको छ।
सोजकुमार यादव र हिरा केवट एमालेमा प्रवेश गरेपछि रुपन्देहीमा एमाले प्रवेशको लहर मायादेवीहुँदै समरीमाईसम्म पुगेको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताएका छन्।
आइतबार भारतसँगको सिमानामा पर्ने समरीमाई– २ स्थित वनगाईमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वडाका रजमन्ता कहाँर, साधु देवान, राजमति कहार, परशुराम हरिजन, अकवर अली, किसमति केवट सहित ५८ जना, वडा नं. ४ बाट पानमति हरिजन, विन्दा लोध, सुवास हरिजन, सन्तराम भुज, रामदेव लोध, सुराती हरिजनसहित ६० जना, वडा नं. ५ बाट बजीव अली, लालमन लोध, मिर्रे लोध, मिर्रे चौवे सहित ३६ जना, वडा नं. ६ बाट मकवुल लोध, शैलेन्द्र यादव, निदरद तेली, चीनक धोवी, मगरु पासी समेत ५५ गरी २ सय ९ जना एमाले प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस र मधेसी पार्टीहरुबाट प्रवेश गरेका उनीहरुलाई नेकपा (एमाले) केन्द्रीय सदस्य भूमिश्वर ढकाल, रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, प्रदेश सदस्य बाबुलाल यादव, सांसद सुनिता ठटेरलगायतले अवीर र खादा लगाएर स्वागत गरेका थिए ।
केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले एमाले नेतृत्वको समयमा सरकारले गरेका कामले अहिले देशैभरी एमालेप्रति लहर आएको प्रसंग कोट्याउँदै रुपन्देहीको मर्चवार क्षेत्रबाट सूर्योदय भएको र अब एमालेलाई परास्त गर्ने शक्ति कसैसंग नभएको दाबी गरे ।
नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले रुपन्देहीमा नेकपा एमालेले बहुमत पालिकाहरुमा विजय प्राप्त गर्ने गरी रणनीति बनाइरहेको प्रसंग उल्लेख गर्दै विगतमा पराजय व्यहोर्नुपरेका स्थानहरु योपटक पहिलो हुने दाबी गरे ।
