
प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमवार मोरङ जाने भएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन भोलि देउवा त्यता जान लागेका हुन्।
प्रधानमन्त्री देउवा भोलि बिहान नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुन सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले बताएकी छन्।
प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी उनले नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैँचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको मेयर तामाङले बताइन् ।
