निर्वाचन आयोगमाथि ओलीको प्रश्न मनेनयन दर्ताका लागि दुई दिन किन चाहियो ?

६ चैत्र २०७८, आईतवार १६:३१

निर्वाचन आयोगमाथि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रश्न उठाएका छन् ।

मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंगलाई लिएर आइतबार इलाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले प्रश्न गरेका हुन् ।

मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा विरोध गर्दै उनले भने ‘ मनेनयन दर्ताका लागि दुई दिन किन चाहियो ? गठबन्धनमा खटपट परेर कुरा नमिल्नसक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो ? पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’