अभिनेता सलमान खान र मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने

६ चैत्र २०७८, आईतवार १५:४८

बलिउडका चर्चित अभिनेता सलमान खान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने भएका छन् ।

उनीहरुबीच यही साता हुने भर्चुअल संवादमा मन्त्री आले र सलमानसहित नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी हुनेछन् ।

सलमानलाई नेपाल ल्याउन लागेको ओडीसी इन्टरटेनमेन्टले आइतबार विज्ञप्ति जारी गर्दै भर्चुअल छलफल हुन लागेको जनाएको छ । आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे छलफल हुन लागेको हो ।

त्यस अवसरमा सलमानले नेपाली सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ पनि दिनेछन् । ओडीसीले नै यसअघि सलमानलाई नेपाल ल्याउन तयारी गरेपनि विवादका कारण कार्यक्रम रोकिएको थियो ।

तर यसपटक मन्त्री आलेकै पहलमा सलमानलाई ल्याउन लागिएको हो । पछिल्लो समय मन्त्री आले फिल्मी गतिविधिमा निकै सक्रिय छन् । अनलाइन खबर