
नेकपा माओवादी केन्द्रबाट निष्कासित भएका सांसद ठम्मरबहादुर विष्टले आज नेकपा एमाले प्रवेश गर्दै छन् ।
एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विष्टलाई दलको सदस्यबाट निष्कासित गरिएको प्रेस नोट सार्वजनिक गरेका थिए।
विष्टले पार्टीको विधान विपरितका अभिव्यक्ति निरन्तर दिँदै आएको र प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको विषयमा छलफल गर्न प्रदेशको बैठक बसेको कारवाही गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
माओवादीबाट निष्कासित विष्टलाई आज दिउँसो वीरेन्द्रनगरको सिटी हलमा आयोजित एक कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमा स्वागत गर्दै छन् । सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विष्ट कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक थिए ।
पार्टीले एमसीसीलाई संसदबाट पास गर्न भूमिका खेलेको भन्दै उनले माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
