एमालेसँग तालमेल हुदैंन : प्रचण्ड

६ चैत्र २०७८, आईतवार ११:३७

नेपाली कांग्रेसका केही नेताले तुच्छ भाषा बोलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

कांग्रेसले छाडेमा एमालेसँग तालमेल गर्ने संकेत गरेपनि तर आइतबार भने एमालेसँग तालमेल नगर्ने प्रचण्डले बताएका हुन्।

पोखरामा आइतबार बिहान पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले चुनावी तालमेलबारे सबै सम्भावना खुला रहेको बताए। प्रचण्डले भने ‘‘एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको संकेत गरेको हुँ। तर अहिले एमालेसँग गठबन्धन गर्ने कुरा छैन। यही गठबन्धन कायम रहन्छ।’’

उनले माओवादी एक्लै आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको सुनाए। जनताका मुद्दा माओवादीको प्रमुख एजेन्डा भएको भन्दै उनले त्यसैलाई लिएर चुनावमा जाने बताए।