२०७९, ८ जेष्ठ आईतवार

अस्पतालमा जाँदा अब पीसीआर गर्नु नपर्ने तर खोप कार्ड अनिवार्य लिएर जानुपर्ने

स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्नु नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पीसीआर परीक्षण गराउनुनपर्ने मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताएका हुन्।

यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो। सरकारले पीसीआर परीक्षणको शुल्क रु आठ सय तोकेको छ। अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ।

 


प्रकाशित | २०७८, ४ चैत्र शुक्रबार १३:३४

Leave a Reply

Your email address will not be published.