
आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामर्थ्य देखिने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
अध्यक्ष नेपालले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामर्थ्य देखिने बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै बताएका हुन् ।
आफूहरूलाई खिसीट्युरी गर्नेहरूको हरिबिजोग हुने चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनले बताए । उनले पार्टीको चुनाव चिन्ह कलमले कमाल देखाउन सक्नुपर्ने पनि बताए ।
राष्ट्रियसभाको पहिलो चुनावमा पनि देखाएका छौँ हामीले । राष्ट्रियसभाको दोस्रो चुनावमा पनि देखाएका छौँ हामीले अब स्थानीय तहको चुनावमा हाम्रो सामर्थ्य देखिनेछ । र हाम्रा खिसीट्युरी गर्ने तत्त्वहरूको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ ।’
अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई पार्टीको संगठन निर्माण, परिचालन र प्रचार प्रसारको काममा केन्द्रित हुन पनि निर्देशन दिए ।
