माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई किन चुनाव जित्न दिनौं भने एमालेका महासचिव शंकर पोखरेलले ?

३ चैत्र २०७८, बिहीबार १५:२८

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई चुनाव जित्न नदिने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

एकीकृत समाजवादी भविष्यमा अस्तित्व नै नरहने अवस्था सिर्जना गर्ने अखिल नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले बताएका हुन् ।

‘अहिले हामीले माधव नेपालको पार्टीलाई किन मान्यता दिएका छैनौं भन्दा त्यसलाई हराइदिने हो । भविष्यमा त्यो पार्टी अस्तित्वमा नरहोस् भन्नका लागि हामीले चुनाव नजित्ने खालको स्थिति बनाउनैपर्छ’ पोखरेलले भने ।

चुनावमा हारेपछि सो पार्टी एमालेमै समाहित हुने उनको दावी छ । ‘जसरी विगतमा नेकपा माले भन्ने पार्टी गठन भएको थियो । सबैतिर चुनाव हराइदिएपछि के भयो ? झोली झुम्टा बोकेर सबै कमरेडहरु अब हामी घरै फर्कियौं भनेर आउनुभयो । पार्टी सकियो’ पोखरेलले भने ।