दाहाल र अधिकारीले चितवन जिल्लाको कुन कुन पदको जिम्मेवारी पाए ?

३ चैत्र २०७८, बिहीबार १४:२५

रेणु दाहाल र रामचन्द्र अधिकारीले सत्तारूढ नेकपा (माओवादी केन्द्र) को चितवन जिल्ला इन्चार्जको र संयोजकको जिम्मेवारी पाएका छन्।

दाहाल र अधिकारीलाई सो जिम्मेवारी माओवादी केन्द्रको बागमती प्रदेश कार्यालयको बैठकले प्रदान गरेको हो। भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् ।

चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता र विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष थिए।