स्थानीय तहको निर्वाचनका लागि १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा

३ चैत्र २०७८, बिहीबार ०६:५७


सरकारले स्थानीय तहको निर्वाचनका लागि १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको छ। उक्त चुनावका लागि निर्वाचन आयोगले १६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको थियो।

निर्वाचन आयोगको माग अनुसार अर्थले १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको मन्त्रालयका प्रवक्ता ढुुन्डीप्रसाद निरौलाले जानकारी दिए।

मन्त्रालयले आयोगका लागि ८ अर्ब ११ करोड, ६ अर्ब २९ करोड गृह मन्त्रालयका लागि र ५ करोड रुपैयाँ राष्ट्रिय अनुसन्धान आयोगको लागि छुट्याएको निरौलाले बताए।