महरा र श्रेष्ठले किन प्रचण्डलाई सुटुक्क भेटे ?

२ चैत्र २०७८, बुधबार ११:०९

बिहानैदेखि नेताहरु पस्ने र निस्कने क्रम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास ललितपुर खुमलटारमा सुरु भएको छ । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा बिहान सबैभन्दा पहिले त्यहाँ पुगेका थिए ।

मुश्किलले २० मीनेट अध्यक्ष र नेता महराबीच भेटवार्ता भयो । चिया खाउन्जेलमा उनीहरुको कुराकानी सकिएको अध्यक्ष दाहालको सचिवालय स्रोतले पुष्टि गरेको छ । उन अध्यक्षलाई भेट्न साढे ७ बजेतिर त्यहाँ पुगेका थिए ।

नेता महरा निस्केपछि केहीबेरमा अर्का नेता नारायणकाजी श्रेष्ठ पुगेका छन् । श्रेष्ठ अध्यक्षलाई भेट्न आफ्नो निवासबाट साढे ८ बजे निस्केका हुन् । अहिले केहीबेर अघिबाट उनीहरुबीच कुराकानी शुरु भएको जोखबहादुर महराले बताए ।