
द माउटेन एभेरेष्ट होटलमा पृथ्वीनाथ राईको नेतृत्वको उम्मेदवार परिचायत्मक कार्यक्रम समपन्न भएको छ ।
नेपाल बार एशोसियसनको २६ औ केन्द्रिय कार्य समितिको निर्वाचनमा नेशनल इन्डिपेन्डेन्ट लयर्स एशोसियसनको तर्फ बाट अध्यक्ष पदमा उम्मदवार अधिवक्ता पृथ्वीनाथ राईको नेतृत्वको उम्मेदवार परिचायत्मक कार्यक्रम समपन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै राईले जुन प्रकारको ब्यथेती, जुन प्रकारको सेन्डीकेट, जुन प्रकारको नातावाद, क्रिपावाद जुन प्रकारले बर्षौ देखि मौलाउदै आएको छ, अब यो तरिकाले न्याय नमिल्ने उनको आशाय थियो । आज पनि बत्तीस हजार भन्दा बढी केशहरु रहेको बताएका छन् ।
एक दिनमा कम्तीमा पनि २६ वटा केशहरु बेन्चमा जोडिन्छ ती मध्ये दुईता मात्रै हेरिन्छ । कतिपय दुईता होईन, एउटा पनि नहेरिकन ४ बजाउछन् । १० बजे सुरु हुनुपर्नेमा १२ बजे देखि सुरु हुन्छ । यस्तो ढिला सुस्ती गरियो भने जीवनमा न्याय पाइदैन, जीवनमा नपाएको न्याय के परलोकमा पाइन्छ भन्दै प्रश्न समेत उठाएका थिए ।
