
फागुन २६ गत बिहीबार संखुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनाका मृतक परिवार र घाइतेलाई मादी नपालिकाले राहत दिने भएको छ ।
दुर्घटनामा परेका मृतक १५ जनाका परिवारलाई एक/एक लाख रुपैयाँ र घाइते चारजनालाई ५० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको सोमबार बसेको कार्यपालिका बैठकले मादी नगरपालिकाभित्र भएको मादी नगरपालिकाका मेयर विदुर लिङथेपले बताए ।
आफ्नो नगरभित्र बस दुर्घटनामा परी नगरबासीले ज्यान गुमाएका परिवार र घाइते परिवारलाई केही राहत होस् भनेर नगरपालिकाले सहयोग गरेको उनले बताए । घटनास्थलमा मृतकहरूको सम्झनामा भुमेश्वर महादेवमा स्मारक बनाइने र त्यहाँ मृतकहरूको नाम लेखिनेसमेत निर्णय भएको मेयर लिङथेपको भनाइ छ ।
