स्थानीय तहको निर्वाचन नेकपा क्रान्तिकारी माओवादीले वहिस्कार गर्ने निर्णय

३० फाल्गुन २०७८, सोमबार १७:५५

आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले वहिस्कार गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको फागुन २५ देखि २९ गतेसम्म बसेको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।

बैठकमा महासचिव वैद्यले “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार” शीर्षकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा स्थानीय निर्वाचन बहिष्कार गर्ने नीति अवलम्बन गरिएकोमा बैठकले पारित गरेको हो ।

बैठकले पार्टी एकताबाट आएका केही नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने निर्णय पनि लिएको छ ।