
जिल्ला नेता तथा कार्यकर्ता बिभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनबढी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। अध्यक्ष प्रचण्डले टीका लगाएर नवप्रवेशीहरुलाई पार्टीमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा स्वागत गरेका हुन ।
आजको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरु कांग्रेसका र नेकपा एमालेका नेताहरु र कार्यकर्ता रहेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा स्थानीय तहका निर्वाचित उपाध्यक्षदेखि पार्टी जिल्ला नेताहरु रहेका छन् ।
