
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा जारी बैठकमा छलफल भैरहेको छ ।
प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जवरामाथिको महाअभियोग प्रस्ताव, निर्वाचनमा कार्यकताको परिचालन लगायतका विषयमा समीक्षा भइरहेको पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा जारी बैठकमा बताइएको छ ।
स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा हुँदैछ । अहिले एमालेले चुनावी अभियानलाई तिव्रता दिएको छ । यसैका लागि अध्यक्ष केपी शर्मा ओली अब देश दौडाहमा निस्किने तयारी पनि गरिरहेका छन् ।
