
पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउनसमेत पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि ‘प्रचण्ड’ले आग्रह गरेका छन्।
विभिन्न पार्टी छोडेर आएका नेता तथा कार्यकर्तालाई आज आफ्नै निवास खुमलटारमा स्वागतका क्रममा अध्यक्ष दाहालले सो आग्रह गरेका हुन्।
सो अवसरमा नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङ, नेका र राप्रपा परित्याग गरी आएका १२ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए ।
