प्रकाश सपूतको ‘पिर’नामक नयाँ गीतको आलोचना

२९ फाल्गुन २०७८, आईतवार १०:०९

सबैका लोकप्रिय गायक, सर्जक तथा निर्देशक प्रकाश सपूतको ‘पिर’नामक बोलको नयाँ गीत शनिवार युट्युबमा गीत सार्वजनिक भएको छ ।

उक्त गीत सार्वजनिक भएलतै सामाजिक सञ्जालमा चर्चा चर्चा पाएको छ । जनयुद्धको विरोध गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले आलोचना गरेका छन् । अर्काथरीले भने गीतले वास्तविक अवस्था झल्काएको भन्दै प्रशंसा गरेका छन् ।

१६ मिनेट लामो गीतले माओवादीको सशस्त्र द्वन्द्व र त्यसपछिको अवस्थालाई गीतको भिडियो मार्फत देखाउन खोजिएको छ । समाज परिवर्तनको सपना लिएर युद्ध लडेकाहरुको सपना पूरा नभएको र उनीहरु बिचल्लीमा परेको कुरा गीतमा देखाइएको छ ।

यस्तै, प्रकाशको गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्यूटर मार्फत बताएका छन् ।
उनले लेखेका छन् म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।गीतले जनयुद्धको विरोध गरेको छैन।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ।त्यसनिम्ति क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउनेर ?