अध्यक्ष ओलीको कुरामा कांग्रेस नेता जनाए सहमति

२७ फाल्गुन २०७८, शुक्रबार १५:२३

नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भएको छ । आज त्रिभुवन विमानस्थलमा भएको जम्काभेटमा भण्डारी र ओलीबीच मूलधारका राजनीतिक दलहरूमा आउन लागेको विचलनबारे छलफल भएको हो।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी के का निम्ती लडेका थिए यसको क्लिरिफाइ हुनुपर्थ्यो । नेपालका राजनीतिक दलका पार्टीहरू रिमिक्स भए, ओर्जिनालिटी रहेन । केवल सत्ताका लागि रिमिक्स हुने हो भने देशको हित कसले गर्छ भन्ने कुरा मैले राखें । मेरो कुरामा ओलीजीको सहमति थियो,’ भण्डारीले भने ।

जवाफमा ओलीले राष्ट्रको विषयमा एकपटक लामो कुरा गर्नको लागि प्रस्ताव गरेको बताए । ‘चन्द्रजी एकचोटि बसेर डिटेल नेसनको बारेमा कुरा गरौँ न भन्नुभयो, मैले सहमति जनाए,’ ओलीसँगको कुराकानीबारे भण्डारीले भने ।