रुपन्देहीमा ७०४ वटा मतदान केन्द्र निर्धारण

२७ फाल्गुन २०७८, शुक्रबार १२:५४

स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा ७०४ वटा मतदान केन्द्र निर्धारण भएको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा ७०४ वटा मतदान केन्द्र निर्धारण भएको हो ।

मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्ला निर्वाचन कार्यालयले २०८ मतदान स्थल तोकेको हो । ती मतदान स्थलमा गत चुनावभन्दा ९४ वटा मतदान केन्द्र थपिन लागिएको छ ।

२०७४ सालमा भएको चुनावमा जिल्लामा पाँच लाख ३७ हजार १२१ मतदाता रहेका थिए । यस आर्थिक वर्षदेखि २४ माघसम्म मात्र कार्यालयले ९९ हजार १४४ जनाले फोटोसहितको मतदाता नामावली संकलनको गरेको थियो ।