
आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षीत भएको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय पार्टी अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड)ले बताएका छन् ।
पार्टीको कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन शुक्रबार सुर्खेतमा पुगेका अध्यक्ष प्रचण्डले सुर्खेत विमान स्थालमा पत्रकारहरूसँग कु्रा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटनपटन नभई झन निर्वाचन सम्म तथा अझै लामो समयसम्म पनि गठबन्धन जाने बाटो खुलेको जानकारी दिए । उनले भने, ‘सरकार सुरक्षीत भएको छ। देश दुर्घटनामा गएको भए धेरै चिज अफट्यारोमा पर्ने सक्ने जुन खतरा थियो त्यो खतरा अहिले टरेको छ । हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो । यो प्रष्टसँग राख्न चाहान्छु ।’
अध्यक्ष प्रचण्डले धेरैले चिन्ता गरेको शान्ति प्रक्रिया के हुने हो भन्ने विषयले माओवादी पार्टी भित्र विभाजन हुन्छ कि भन्ने चर्चा परिचर्चा भए पनि पार्टीको केन्द्रीय समितिको बैठकले सबै समाधान गरिसकेको बताए । उनले भने ‘हामीले अन्तत केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाईन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरम मार्फत निष्कर्ष निकाल्ने भनेर सर्वसम्मत केन्द्रीय समितिबाट निर्णय गरेपछि यो चर्चापरिचर्चामा बाहिर थिए ती सम्पुर्ण विषयको समाधान भएको छ ।’
