
केन्द्रीय समितिको समूहगत छलफलमा उठेका प्रश्नहरुलाई ग्रहण गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।
नेपालले सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने समूहगत छलफल सकिएपछि बताएका हुन्। उनले भने, ‘हाम्रो फोकस जो सँग लडाइँ छ, त्यहाँ केन्द्रीत गरेका छौं। केपी ओली प्रवृत्तिलाई परास्त गर्नुपर्छ।’
केन्द्रीय कमिटीको तेस्रो बैठकमा ९ वटा समूहमा भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत भएको छ। केन्द्रीय सदस्यहरुले गठबन्धन नभई एकल रुपमै चुनावमा जाँदा पनि शानदार विजय हासिल गर्नेगरी सम्पूर्ण तयारीहरु हुनुपर्ने निष्कर्ष प्रस्तुत गरेका थिए।
