
महासचिव वेदुराम भुषालले अब हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाई केन्द्रित गरेर अघि बढ्ने बताए । भुषालले चुनावी कार्ययोजना पारित गरेर केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी रहेको सुनाए । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकआजै सम्पन्न हुने भएको छ ।
अध्यक्ष माधवकुमार नेपालले आज पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको निष्कर्ष पनि सुनाईने भएको छ । अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । आजै अध्यक्ष नेपालले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ पनि दिने कार्यक्रमसमेत रहेको छ ।
एमसीसी अनुमोदन गरेकोमा नेतृत्वको आलोचना बैठकमा अधिकांश नेताहरुले गरेका थिए । तर, अध्यक्ष नेपालले अब एमसीसी पारित भइसकेको भन्दै यसको कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने र धेरै यो विषयमा नअल्झिन सुझाव दिएका थिए ।
