मंसिर २३, काठमाडौं ।
प्रदेश सभातर्फको परिणाम पनि धमाधम आइरहेको छ । पछिल्लो परिणामअनुसार दैलेख १ को प्रदेश (क) मा माओवादी केन्द्रका धर्मराज रेग्मी १० हजार ३६१ मतसहित विजयी हुँदा कांग्रेसका कृष्णकुमार जिसीको ८७६४ मत पाएर पराजित भए ।
भोजपुर प्रदेशसभा ‘ख’ मा एमालेका शेरधन राई २० हजार ३३४ मतसहित विजयी भएका छन् । पराजित कांग्रेसका गोविन्द कार्कीको ७ हजार १०५ मत रहेको छ । जाजरकोट प्रदेश सभा (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंह १६९११ मतसहित विजयी हुनुभएको छ भने जाजरकोटको प्रदेश (ख) मा एमालेका करबीर शाही १५ हजार १८५ मतसहित विजयी भएका छन् । ओखलढुंगा प्रदेश (क) मा एमालेका अम्बीर गुरुङ १८९०० मतले विजयी हुँदा कांग्रेसका मित्रसेन दाहालको ७००२ मत ल्याएर पराजित भए । रसुवामा प्रदेश (ख) मा नयाँशक्ति नेपालका प्रेम तामाङ ७०४० मत ल्याई विजयी भएका छन् ।
धादिङ प्रदेश १ (क) मा एमालेका राजेन्द्र पाण्डे र (ख) मा माओवादीका शालिकराम जम्मकट्टेल विजयी भएका छन् । धादिङ प्रदेश २ क मा एमालेका रामकुमार अधिकारी विजयी भएका छन् । वैतडी प्रदेश सभा (क) मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट ८००३ मतसहित विजयी हुँदा बैतडीकै प्रदेश सभा (ख) मा एमालेका लीलाधर भट्ट २३३७ मतसहित विजयी भएका छन् । बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका छन् । धादिङ प्रदेश २ (क) मा एमालेका रामकुमार अधिकारी विजयी भए भने धादिङ प्रदेश १ (क) मा एमालेका राजेन्द्र पाण्डे विजयी भए । धादिङ प्रदेश (ख) मा माओवादीका शालिकराम जम्मकट्टेल विजयी भएका छन् ।
अहिलेसम्म जारी मत गणनामा अधिकांश स्थानमा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रदेशसभा सदस्यतर्फ पनि अधिकांश स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।