प्रधानमन्त्री देउवा महाधिवेशन उद्घाटन गर्न वीरगन्जमा

२६ फाल्गुन २०७८, बिहीबार १२:०५

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा महाधिवेशन उद्घाटन गर्न वीरगन्ज पुगेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन र महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न वीरगन्ज पुगेका हुन् ।

प्रधानमन्त्री देउवा वीरगन्ज पुगेका अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले निर्धारित कार्यक्रमभन्दा पहिले प्रधानमन्त्रीकै सहभागितामा कांग्रेस जिल्ला कार्य समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाण पत्र वितरण तथा पदस्थापन समारोह आयोजना गरेको छ । प्रधानमन्त्री देउवाले यो कार्यक्रममा पार्टीका नेता कार्यकर्तालाई पहिले सम्वोधन गर्ने छन् ।