
आगामी चुनावमा गठबन्धन नगर्ने भनेर कांग्रेसका केही नेताले दिएको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन् ।
अध्यक्ष प्रचण्डले कांग्रेसका नेताहरुले आफूहरुलाई हात्तीको कानमा बसेका चमेरा भन्ने तथा गठबन्धन गरेर चुनाव जिताइदिने जिम्मा नलिने भनी दिएको अपमानजनक अभिव्यक्ति सह्य नहुने पार्टीको वागमती प्रदेशस्तरीय विस्तारित बैठकलाई गोदावरीमा सम्बोधन गर्दै बताए ।
कांग्रेसलाई आफूहरुले सत्ताको सिंहासनमा पुर्याएको भन्दै गठबन्धनविरुद्धका अभिव्यक्ति र नेकपा माओवादी केन्द्र तथा नेकपा एसलाई अपमान गर्ने कुरा सैह्य नहुने प्रचण्डको भनाइ थियो ।
बैठकमा प्रचण्डले भने हामीलाई अपमान सैह्य हुन्न । अघिल्लो चुनावकै परिणाम हेर्ने हो भने पनि प्रत्यक्षतर्फ कांग्रेसभन्दा हाम्रो १० सिट बढी छ । त्यस्तो पार्टीलाई उचालेर सिंहासनमा राख्दा अहिले उसले हाम्रो अपमान गर्ने यस्तो सैह्य हुन्न ।
बैठकलाई समबोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसका केही नेताले त्यस्तो अभिव्यक्ति दिए पनि चुनवासम्मै गठबन्धन कायम रहने बताए ।
