
माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले एमसीसी सम्झौता संसदबाट पारित गरेको कारण भटाभट पार्टी छोड्न लागेका छन् । नेपालको राष्ट्रियता,राष्ट्रिय सार्वभौमिकता र जनताको हितमा नभएको एमसीसी पास गरेर भन्दै उनीहरुले पार्टी छाडेका हुन् ।
आज एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी महोत्तरीका पाँच जना स्थानीय नेता तथा कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् । एमसीसी पास गर्न माआवादी केन्द्रले नेतृत्वदायी भूमिका खेलको आरोप समेत उनीहरुले लगाएका छन् । विज्ञप्तिमा लेखिएको छ,‘फागुन १५ गतेका दिन नेपालमा एमसीसी पास गरेर नेपालको राष्ट्रियता,राष्ट्रिय सार्वभौमिकता नेपाली जनताको हित विपरित रहेको अवगत हुँदाहुँदै पनि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले एमसीसी पास गर्ने नेतृत्वदायी भूमिका रहेको हुँदा हामी नेकपा माओवादी केन्द्र पार्टीको साधारण सदस्यसम्म नरहने गरी दल त्याग गरेको घोषणा गर्दछौं ।’
