गठबन्धन दलहरू मिलेर निर्वाचनमा जान सकिन्छ : माधवकुमार नेपाल

२५ फाल्गुन २०७८, बुधबार १४:२६

एमसीसीका नाममा गठबन्धन तोड्ने अनेकौँ प्रयास भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। अध्यक्ष नेपालले पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आरम्भ गर्दै यस्तो बताएका हुन्।

उनले भने, एमसीसीका नाममा गठबन्धन तोड्ने अनेकौँ प्रयास भए पनि गठबन्धनबीचको सहमति कायम रहने छ। उनले गठबन्धन तोड्ने प्रयास भए पनि सहमति कायम भएको पनि स्पष्ट पारेका छन्।

उनले गठबन्धन दलहरू मिलेर निर्वाचनमा जान सक्ने पनि बताउँदै आफ्नो शक्तिका बारेमा जानकारी लिएर सही मूल्याङ्कन र विश्लेषण हुन पर्ने बताएका थिए। उनले कम्युनिष्ट क्रान्तिकारीधारको विरासतलाई काँधमा बोकेर अघि बढ्न एमालेबाट विद्रोह गर्नुपरेको पनि बताए।

अध्यक्ष नेपालले जनतालाई सचेतना प्रदान गर्ने, कार्यकर्तालाई योग्य तुल्याउने, पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने र निर्वाचनमुखी हुने पनि बताए।