
नयाँ नेतृत्व चयनका लागि बुधबार (आज) फेरि नेपाली कांग्रेस बाराको मतदान भइरहेको छ। फर्जी मत खसेका कारण विवाद भएपछि गत शनिबार जारी मतदान रद्ध गरि निर्वाचन स्थगित गरिएको थियो। शनिबार स्थगित निर्वाचन आज बुधबार भइरहेको छ।
बाराको कलैया उपमहानगरपालिका १ स्थित श्री ३ चन्द्र माध्यमिक विद्यालय परिसरमा बुधार बिहान १० बजेदेखि जारी मतदानको समय साँझ ५ बजेसम्म निर्धारण गरिएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए।
कांग्रेस बाराको सभापतिका लागि उमेद्वारी दिएका शम्भुबहादुर बुढाथोकी, राजेश राय यादव र रामानन्द यादव छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन्। शम्भु र राजेश संस्थापन पक्षका हुन् भने रामानन्दलाई शेखर कोइराला र कृष्ण सिटौलको समर्थन रहेको छ।
