मेयर कप टी–ट्वान्टी क्रिकेट खेल हेर्न दुई दिन सार्वजनिक बिदा

२५ फाल्गुन २०७८, बुधबार १२:४८

किक्रेट खेलका लागि आज र भोलि दुई दिन रौतहटको ईशनाथ नगरपालिकाले बिदाको घोषणा गरेको छ । हाल सञ्चालित अन्तरपालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न दुई दिन सार्वजनिक बिदा दिइएको हो ।

नगर प्रमुख सन्तोषकुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरुसमेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका छन् ।