नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी हो : अध्यक्ष ओली

२४ फाल्गुन २०७८, मंगलवार १४:२९

राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुने नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

अध्यक्ष ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको भएको मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन् ।

उनले सत्य र असत्यको लडाइँ बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाइँ परमादेशी र जनादेशी बीचको लडाइँ भएको बताए । अध्यक्ष ओलीले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।

‘आजको सत्य र असत्यको लडाइँ समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रुपमा हुन्छ । अनेक रुपमा सत्य र असत्यका बीचमा लडाइँ हुन्छ ।

आजको सत्य र असत्यको बीचको लडाइँ परमादेशी र जनादेशीका बीचमा भएको लडाइँ हो । असत्यको प्रतिकको लडाइँ भनेको परामादेशी शक्तिहरू हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’