नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ बाँडफाँड

२४ फाल्गुन २०७८, मंगलवार १३:५७

नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओमा मागभन्दा उच्च आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ७७ हजार ४५६ जनाले १०/१० कित्ताका दरले सेयर पाएका छन् भने ती मध्ये ३ जनाले थप १ कित्ता सेयर पाएका छन् ।

कम्पनीले फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोष र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सर्वसाधरणका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता लागि आवेदन परेको थियो ।