सानेपामा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

२४ फाल्गुन २०७८, मंगलवार १३:०४

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

आजको बैठक आसन्न स्थानीय निर्वाचन केन्द्रित रहने बताइएको छ । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक आज सुरु भएको हो ।

बैठकमा अहिले सभापति शेरबहादुर देउवाले ब्रिफिङ लिइरहेका छन् ।