मुस्लिम समुदायको विकास लागि प्रभावकारी कदम चालेको छु : अन्सारी

२४ फाल्गुन २०७८, मंगलवार १०:२५

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिमका हक अधिकार, उत्थान लागि प्रभावकारी कदम चालेको बताएका छन् । उहाँले मदरसा, चिहान (कब्रस्तान)को संरक्षण मुस्लिम बालबालिकाहरुको लागि लोक सेवा तैयारी कक्षा संचालन र मुस्लिम महिलाको लागि सिलाई कटÞाई जस्ता विभिन्न सीपमुलक कार्यक्रमहरुलाई पनि प्राथमिकता दिँदै आएको बताए ।
एनजीओको माध्यमले जनचेतामुलक कार्यक्रम तथा कक्षा सञ्चालनका कार्यक्रमलाई मुस्लिम आयोगले जोड दिँदै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई थप गर्नुपर्ने अध्यक्ष अन्सारीको भनाई छ । सोमबार कपिलवस्तुको कृष्णानगर नगरपालिका ३ मा अवस्थित मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगरको आयोजनामा समाज विकासमा मदरसाहरुको भुमिका तथा सम्मान कार्यक्रममा अन्सारीले यस्तो बताएका हुन् ।

अध्यक्ष अन्सारीले मुस्लिम समुदायबाट आएका सुझाव सल्लाहलाई समेटेर नीति निर्माणका कार्यलाई तीव्रता दिएको बताए । मुस्लिम समुदायलाई मदरसाले शिक्षित बनाउनका लागि महत्वपूर्ण योगदान रहेकोले शिक्षा मंन्त्रीलाई भेटेर मूलप्रवाहीकरणमा ल्याउन पटक–पटक दबाव दिँदै आएको उनले जनाए ।
अनसारीले भने, “मुस्लिम आयोगले वार्षिक प्रतिवेदन माध्यमले समुदायका विभिन्न समस्या बारे समाधानको लागि सिफारीस गरि राष्ट्रपति समक्ष पेश गरे पनि जुन तरिकाले सदनमा मुद्दाहरुप्रति सांसदहरुलाई बहस गर्नु पर्छ त्यो तरिकाले गरेको हामी सुन्न पाएको छैनौँ”
उनले थपे “हामीले संविधान जारी हुनु भन्दा अंगाड़ी नै मुस्लिम समानुपातिक समावेशी सिद्धान्त अनुसार आरक्षणको लागि कयौँ पटक बहस आन्दोलन गर्यो र २०७२ सालको संविधानमा छुट्टै क्लस्टर कायम गरेको र ६ वर्षको अन्तरालमा हामी क्लस्टर त पायौँ तर दुर्भाग्य बस प्रयोग गर्न पाएनाँै” ।
कानुन पास नभएर छलफलको बिषयमा राखी ओझेलमा परेको र पटक–पटक मुस्लिम आयोगको तर्फबाट सम्बन्धित समिति, सांसद सचिवालय, प्रधानमंत्री कार्यलय र लोकसेवा आयोगलाई पत्राचार गरेर छिटो भन्दा छिटो कानुन पास गर्नको लागि आग्रह गर्दा छिटै कानुन पास हुने आश्वासन पाएको अध्यक्ष अन्सारीले बताए ।
साथै मुस्लिम आयोगले अत्यन्त गम्भीर भएर मुस्लिम समुदायको उत्थान र विकासकों लागि मुस्लिम बहुल्य प्रदेश सरकारसँग छलफल गरि आ–आफ्नो प्रदेशमा रहेका मुस्लिम समुदायका समस्यालई समाधान गर्नको लागि आग्रहसमेत गरेको उनले जिकिर गरे ।

मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेगले कार्यक्रमलाई सम्बोधन गर्दै पछाडी परेका समुदायलाई शिक्षाबाट वञ्चित हुन नदिई उक्त समुदायलाई शिक्षाको मुलधारमा ल्याउनपर्ने बताए । उनले भने, “शिक्षित बनाउन जबसम्म सम्बन्धित निकायमा बसेका पदाधिकारीले ध्यान दिँदैनन् तबसम्म समस्याको समाधान हुँदैन” ।
मुस्लिम आयोग संबैधानिक आयोग बनि सकेपछि निरन्तर समस्याको समाधान खोजी सम्बन्धित निकायसँग छलफल गर्दै आएको उनले बताए ।
लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले लुम्बिनी प्रदेशभित्र रहेका मदरसाको स्थिति र प्रदेश सरकारले आ.व.को बजेट विनियोजन गर्दा मदरसाको समावेशिताबारे जानकारी गराउँदै शिक्षा मूलप्रवाहीकरण तथा मुस्लिम समानुपातिक समावेशी सिद्धान्त अनुसार आरक्षणको समस्यालई छिटै समाधान गरि पुर्णरुपमा व्यवहारमा ल्याउनको लागि पहल गरी उनले ध्यानाकर्षणसमेत गराए ।

मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेग, महमदिन अलि, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनी अलकुफी, वडाध्यक्ष सगीर अहमद, वडाध्यक्ष जमील अहमद, डा जहीरुल खाँ लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन युवा व्यापारी मिर्जा राशिद बेगले गरेका थिए ।