नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार थपिएका छन् । नेकपा माओवादी केन्द्रमा प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् ।
आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत छिन् । मोरङका आचार्य गंगाका पति हुन् ।
यसअघि २८ पौषमा २३६ केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित परिवारका ४ जना परेका थिए । त्यतिबेला प्रचण्डकी छोरी रेनु दाहाल, भाई नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए ।
माओवादी केन्द्रीय कमिटीमा प्रचण्ड परिवार
१) प्रचण्ड (२) रेनु दाहाल (३) विना मगर (४) नारायण दाहाल (५) गंगा दाहाल (६) जीवन आचार्य सहित नेकपा माओवादी केन्द्रमा प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका हुन् ।
