एमसीसीमा नेकपा एमालेः न भाले न पोथी ! गठबन्धन भत्काउन नपाएपछि ओली तनावमा

१६ फाल्गुन २०७८, सोमबार १८:३३

मुलुकभित्र एमसीसीको ठूलो बहस भएर पनि संसद्बाट पास हुँदा मुलुकको ठूलो दल नेकपा एमालेले आफूलाई राष्ट्रिय मुद्दामा  उभ्याउन सकेन ।

एमसीसी व्याख्यात्मक घोषणासहित संसद्मा पास हुँदा एमालेले आफ्नो कित्तालाई छुट्याउन चुकेको हो, यसरी मुलुककै ठूलो पार्टी राष्ट्रिय मुद्दामा मुकदर्शक बन्दा जनतामाथि कुठाराघात विश्लेषण गर्न थालिएको छ ।

एमालेले पक्ष वा विपक्ष के’मा हो आफूलाई उभ्याउनुपर्ने त्यसो नगर्दा जनतामाथि घात भएको राजनीतिक विश्लेषक मुमाराम खनाल बताउँछन । केपी ओलीकै पालामा एमसीसी अघि बढाउन भएका विभिन्न प्रयासका साथै सम्झौताहरूलाई अहिले संसद्बाट पास गर्ने विषयमा एमाले मुकदर्शक बन्नु हुने थिएन ।

यसले एमालेलाई नै नोक्सान गरेको उनको बुझाइ छ । एमसीसी कम्प्याटलाई कार्यान्वयनमा लैजान तत्कालिन केपी ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सम्झौता समेत गरेका थिए ।

आइतबार संसद्मा एमसीसी निर्णायक रुपमा प्रस्तुत गरिरहँदा बेतुकका नाराहरु लगाउँदै एमालेले आफूलाई उतारेको थियो । एमालेमा विद्रोही नेताका रुपमा पछिल्लो समय चिनिँदै आएका डा. भीम रावलले भने एमसीसीको दफावार छलफलमा भाग लिर्दै सम्झौता राष्ट्रघाती भएको उद्घोष गरेका थिए ।

सदनमा एमसीसी निर्णायक रुपमा अघि बढाउनु अघि एमालेलाई एमसीसी अनुमोदन प्रक्रियामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाले बारम्बार भेटेर केपी शर्मा ओली सहितका नेतालाई आग्रह गरेका थिए । एमसीसी टेबल हुँदा मुकदर्शक बनेको एमालेले अहिलेसम्म आफ्नो स्पष्ट धारणा बाहिर ल्याएको छैन ।

नेपाली कांग्रेस, माओवादी केन्द्रले भने एमसीसी व्याख्यात्मक घोषणासहित पास गरिएकाले नेपालको विकासमा महत्वपूर्ण हुने बताएका छन । उनीहरूले एमसीसी सम्झौता राष्ट्रघाती नभएको समेत जिकिर गरेका छन ।

एमसीसीका कारण सत्तारुढ गठबन्धन टुक्रटुक्रा पारेको देख्न चाहने केपी शर्मा ओली र उनको पार्टी नेकपा एमाले अहिले तनावमा छ ।

प्रधानमन्त्री देउवासँग पछिल्ला दिनमा भएका वार्तामा ओलीले कांग्रेस–एमाले रणनैतिक रुपमा अघि बढ्नुपर्ने बताएको उच्च राजनैतिक स्रोत बताउँछ

सभामुखमाथि महाअभियोग लगाएर माओवादीलाई थप कमजोर बनाउने ओलीको दाउ रहेपनि एमसीसी सत्तारुढ दलकै जोडबलमा पास भएसँगै ओलीको त्यो रणनीतिले फेल खाएको देखिएको छ ।