प्रचण्डले भने– मैले एमसीसी पास गरेर गठबन्धन बचाउन ठूलो भूमिका खेले

१६ फाल्गुन २०७८, सोमबार १५:४३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी पास भएकाले अब देश निर्वाचनमा गएको बताएका छन्।

उनले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरिएकाले बाध्यतावश लोकतन्त्र रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताएका छन्।

‘पटक पटक देशमा राजनीतिक स्थिरता भएको थियो। गठबन्धन बनेपछि अब त स्थिरता होला भनेको एमसीसी आइदियो’, उनले भने, ‘यो प्रक्रियामा माओवादी केन्द्र र ममाथि जोडियो, मलाई धेरै आरोपित बनाइएको थियो।’

उनले एमसीसीलाई आलोचनाबीच आफूहरुले निकास दिएको पनि बताए। ‘अब हामीले निकास दिएका छौँ । गठबन्धन तोडिएला भनेको अहिलेलाई जोगियो’, उनले भने, ‘गठबन्धन कायम रहन्छ, सरकार अघि बढ्छ भन्ने भएको छ एमसीसी पास भएपछि। अब देश निर्वाचनमा गएको छ।’