प्रतिनिधिमण्डलको वार्ताका लागि युक्रेन र रुसका स्थान तयार

१६ फाल्गुन २०७८, सोमबार १४:३२

प्रतिनिधिमण्डलको वार्ताका लागि बेलारुसले युक्रेन र रुसका स्थान तयार भएको बताएको छ । वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिकै एउटा स्थान तयार पारिएको छ । युक्रेन आफ्नो राजदूतलाई त्यहाँ पठाउनका लागि तयार भएको छ ।

यति हुँदा हुँदै पनि युक्रेन आफ्नो प्रतिनिधिमण्डललाई वार्ताका लागि पठाउन तयार छ । रिपोर्टका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसी आक्रमणमा समावेश हुनका लागि आफू सेना पठाउन तयार भएको बताइसकेका छन् ।

विदेश मन्त्रालयका प्रवक्ता एनातोली ग्लेजले भने, ‘मिटिङ पोइन्टमा प्रतिनिधिमण्डल पुग्ने बित्तिकै वार्ता सुरु हुनेछ ।’
यसैबीच युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले आफूलाई यो वार्ताबाट कुनै परिणाम निस्कने आशा नभएको बताएका छन् ।

बेलारुसका विदेश मन्त्रालयले सोसल मिडियामा रुस र युक्रेनको झण्डासहित टेबल, कुर्सीको तस्बिर साझा गर्दै लेखेका छन्, ‘रुस र युक्रेनको वार्ताका लागि बेलारुसमा स्थान तयार छ । प्रतिनिधिमण्डल आउँदै छन् ।’