
देशका विशेष सेना ‘डिटरेन्स फोर्स’लाई हरेक समय तयार रहन रुसी राष्ट्रपति भ्लादमिर पुटिनले निर्देशन दिएका छन्।
आणविक तथा परमाणु क्षमताका हतियार चलाउने सेनाहरु रोयटर्सका अनुसार डिटरेन्स फोर्समा पर्दछन्।
देशका रक्षा प्रमुखलाई परमाणु हतियार तयार राख्न पश्चिमा राष्ट्रले रुसविरुद्ध आक्रामक गतिविधि बढाएको भन्दै पुटिनले निर्देशन दिएको बताइएको छ।
रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले क्रेमलिनमाथि आर्थिक प्रतिबन्धहरु लगाएका छन्। उनीहरुले कडा शब्दमा रुसी आक्रमणको निन्दा गरेपछि रुस चिढिएको हो।
परमाणु हतियारसहित सेनालाई तयार हुन निर्देशन दिनासाथ रुसले ती हतियार प्रयोग गरिहाल्छ भन्ने होइन।
रुसले परमाणु हतियारको विषयमा गरेको निर्णयको खण्डन गर्दै अमेरिकाले भने उसले दादागिरी देखाएको आरोप लगाएको छ।
गतहप्ता मात्र युक्रेनको विषयमा हस्तक्षेप गर्ने विदेशी राष्ट्रले रुसबाट नराम्रो उत्तर पाउने पुटिनले चेतावनी दिएका थिए।
