प्रहरीले जवाफी कारबाहीस्वरूप पानीको फोहोरा र अश्रुग्यास प्रहार

१५ फाल्गुन २०७८, आईतवार १६:०४

आज पनि नयाँ बानेश्वर क्षेत्र एसमिसीको विरोध गर्दै भएको प्रदर्शनले तनावग्रस्त बनेको छ। माओवादी केन्द्र, राप्रपा,विप्लव नेतृत्वको नेकपाका भातृ संगठनका कार्यकर्ताहरू एमसिसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीले सुरक्षा घेरा नाघेर प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ। भिड नियन्त्रणका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ।