
युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसी सेना प्रवेश गरेको युक्रेनी अधिकारीले बताएका छन् । चौथो दिन पनि युक्रेनमाथि रुसी आक्रमणको जारी छ ।
रुसी आक्रमण सुरु भएयता २४० सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघको मानवीय नियोगले जनाएको छ ।पश्चिमा गठबन्धनले रुसमाथि थप प्रतिबन्ध लगाएका छन् । उनीहरूले थुप्रै रुसी बैंकहरूलाई अन्तरबैंक भुक्तानी प्रणाली स्वीफ्टबाट वञ्चित गरेका छन् ।
पश्चिमा राष्ट्रहरूले युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने वाचा गरेका छन् ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको सेनाले शत्रुको आक्रमणलाई सफलतापूर्वक सामना गरेको बताएका छन् ।
रुसी आक्रमणपछि एक लाख ५० हजारभन्दा बढी युक्रेनीले देश छोडेका संयुक्त राष्ट्रसंघले जनाएको छ । अलजजिराबाट ।
