एमसीसीका कारण नेपाल युक्रेनजस्तै नबनाेस् !

१५ फाल्गुन २०७८, आईतवार ११:५५

👉️श्रीधर खनाल  

युक्रेनपनि एमसीसी लागु भएको देश रहेछ । त्यहा एमसीसी को खोलमा अमेरिकाले रसिया बिरुद्द असाध्यै ठुलो चलखेल गरेको रहेछ । आफ्नै नाक मुनी आफु बिरुद्द भइरहेको चलखेल  निस्तेज पार्न युक्रेन माथि सैन्य कारवाही मात्र अन्तिम बिकल्प बने पछी आज युक्रेन यसरी जल्दैछ, सक्किदै छ ।

एमसीसी को खोलमा नेपालमा स्थाई अखडा खडा गर्ने र बिकास निर्माणको लागि भनेर जे जे प्रचार गराइएपनि महशक्ती राष्ट्र बन्दै गरेको छिमिकी चीन बिरुद्ध नजिकैबाट गतिबिधी गर्ने नै अमेरिकाको प्रमुख उदेश्य हो ।

यस्तो अवस्थामा आज रसियाले युक्रेन हाने जस्तै चीनले वाध्य भएर ढिलो चाडो नेपालमाथि आक्रमण गरि कब्जा नगरि नहुने अवस्था सिर्जना हुन सक्दछ । रसिया र चीनको सम्बन्ध आत्मिय र प्रगाढ छ ।

जसरिपनि एमसीसी पास गर्दिने कबोल गरेका मुट्ठीभरका केही दलालहरुले अहिलेनै करोडौं पेस्की बुझीसकेका छन । पास नगरदिए त्यो पचाइसकेको पेस्कीको ब्याज सहित् फिर्ता गर्नु पर्‍यो भने आफ्ना बंगलाहरु ब्यान्क ब्यालेन्सहरु रित्याउदा  पनि नपुग्ने भएकोले राष्ट्रघाती नै भएपनि यसलाई पास गर्नै पर्ने बाध्यतामा यिनिहरु छन ।

भोली नेपाल अर्को युक्रेन बनोस् यसमा यिनिहरुलाई चासो चिन्ता छैन । त्यस्तो हुने भयो भने यी दलालहरु अमेरिका भाग्ने ग्रान्ड डिजाइनमा छन । जल्ने पिल्सिनेमा तपाईं हामी मात्रै पर्ने छौं । त्यसैले सबैले खबरदारी गर्न जरुरी छ । संसदीय गणित मिलाएर यो राष्ट्रघात गर्न उद्दत हुनेहरुको हिसाब राख्न सुरु गरौँ  ।

शीर्ष नेताकाे निर्णयले पार्टी भित्र बिग्रह !

सत्ता गठबन्धनले ब्याख्यात्मक परिभाषित गर्दै एमसीसी पास गर्ने निर्णय गरेको छ तर शीर्ष नेताहरूले गरेको निर्णय ती दलका नेताले मान्ने देखिन्न । त्यसमध्ये एउटा उदाहरण, नेकपा (माओवादी केन्द्र) ले आज mcc बारे गरेकाे  निर्णय हो ।
माओवादी नेता लेखनाथ न्यौपाने  भन्नुहुन्छ `नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय समितिकाे बैंठक पटक पटक स्थगित गरिएकाे छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेकाे अबस्था छ । एकातिर केन्द्रीय समितिकाे बैठक बसाल्दै नबसाल्ने अर्कोतिर mcc जस्ताे  मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ? यसकाे मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने ।  हालकाे नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिकाे निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन् । आज बिहान बसेकाे भनिएकाे बैठककाे कुनै बैधानिकता छैन् ।´