वैदेशिक लगानी भएका उद्योगको संख्या पाँच हजार ३ सय ६६ पुग्याे

१४ फाल्गुन २०७८, शनिबार १३:५६

नेपालमा वैदेशिक लगानी भएका उद्योगको संख्या पाँच हजार ३ सय ६६ पुगेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालमा वैदेशिक लगानी भएका नयाँ १ सय २९ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार दर्ता भएका नयाँ उद्योगसँगै नेपालमा वैदेशिक लगानी भएका कुल उद्योगको संख्या ५ हजार ३ सय ६६ पुगेको हो ।

नेपालमा विदेशी लगानीमा दर्ता भएका उद्योगमा ३१९ ठूला, ५६६ वटा मझौला र ४ हजार ४८१ वटा साना रहेका छन् ।