प्रचण्ड प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगे

१३ फाल्गुन २०७८, शुक्रबार १७:०९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन्।

एमाले र कांग्रेसको छलफलबाट माओवादी र एकीकृत समाजवादी झस्किएका छन्। बालुवाटार जानुअघि दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग कुराकानी गरेका थिए।

गठबन्धन जोगाएर एमसिसीमा मध्यमार्गी उपाय अपनाउनुपर्ने मत माओवादी र एकीकृत समाजवादीमा बढेपछि दाहाल छलफलका लागि बालुवाटार पुगेका हुन्। भेटमा अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी छन्।